भाटेभटेनी सुपरमार्केटले बजारमुल्य भन्दा सस्तो मुल्यमा खसीको मासु बेच्न थालेको छ ।
बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको जानकारी दिए ।
गुरुङका अनुसार भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको छ ।
अपडेट :
भाटभटेनीको टंगाल महाराजगनज र पाटन स्टोरमा मात्र यो सुविधा भएको बताइएको छ ।
तर नागरिक दैनिकको अंग्रेजी संस्करण माइ रिपब्लिका मा प्रकाशित एक समाचार अनुसार उक्त मासु ताजा नभएर १ महिना पुरानो हो ।
सस्तोमा मासु लिन भाटभटेनीको टंगाल शाखामा पुगेका प्रभात केसीको भन्छन् “मैले मासु किन्दा यो अघिल्लो दिन प्याक गरेको बताइएको थियो तर घर आएर हेर्दा प्याकेटमा उक्त मासु अगस्ट १ अर्थात साउन १७ गते प्याक गरेको लेखिएको छ।”
गत साउन ९ गते म्याद नाघेको बेली ब्राण्डको पानी बिक्री गरेपछि भाटभटेनी सुपरमार्केटलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना तिराएको थियो ।
त्यस्तै भदौ २ गते काठमाडौँ वडा नम्बर ३१, भीमसेनगोलामा रहेको बीएण्डबी मिटमार्टले २२ बोरा मरेका कुखुरा बिक्री गर्न लुकाएर राखेको भेटिएको थियो ।