नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक फेरी स्थगित भएको छ ।
साउन ४ बजे दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी स्थगित गरीएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले केटीएम दैनिकलाई बताए ।
नेकपामा पछिल्लो समय देखिएको विवाद टुङ्गाउनको लागि स्थायी कमिटीको बैठक बसेर टुंङ्गो लगाउने बताएतापनि हिजो बसेको बैठक विना निष्कर्ष टुङ्गिएको थियो । हिजो बैठक सकिएलगतै नेकपाका दुवै अध्यक्षद्वय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुगेका थिए ।
योसँगै नेकपाको बैठक सातौं पटक स्थगित भएको हो ।
केही समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुइ पदमध्ये एक पदमात्र लिनको लागि पार्टीभित्रै चर्को रुपमा कुरा उठिरहेको छ । जसले गर्दा नेकपामा विभिन्न गुट उपगुटहरु बनेका छन् । कोरोनाले देश आक्रन्त भएको समयमा नेताहरु कुर्सीकै लागि दौडिरहँदा आम जनमानसमा राम्रो सन्देश भने गएको देखिदैन ।
५ वर्ष ढुक्कले सरकार चलाउ भनेर भोट दिएर पठाएका जनताहरु पार्टी फुटेर फेरी शक्ति र कुर्सीको दौडधुपमै बित्नेहो कि भन्ने चिन्तामा रहेका छन् ।
र यो पनि पढ्नुहोस् :
प्रधानमन्त्री ओली र प्रचण्ड शीतल निवासमा