लकडाउनका कारण मानिसहरू निकै तनावमा रहे ।
लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई तनाव हुनु स्वभाविक नै हो ।
अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनाएको छ ।
सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् ।
यसका अलवा बिभिन्न नयाँ पुराना सुन्दर तस्बिर शेयर गरेर दर्शकसँग जोडिरहेका छन् ।
नायिका स्वस्तिमा खड्काले हालै केहि तस्बिर शेयर गरेकी छिन् ।
उनले फेसबुकमा कालो सारीमा सजिएका सुन्दर तस्वीर शेयर गर्दै कालोले ‘सेक्सी’ फिर्ता लेराउँछ भन्दै लेखेकी छन् ।
जहाँ उनलाइ ३४ हजारभन्दा बढीले लाइक गरेका छन भने १२ सयभन्दा बढी कमेन्ट अाएका छन् ।
अधिकांशले उनको सुन्दरताको तारिफ गरेर प्रतिक्रिया दिइरहेका छन् ।