बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आज (सोमबार) बजेट प्रस्तुत गरेका हुन् । बजेटले स्वास्थ्य कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिएको छ ।
प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरिएको छ ।
त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत बजेट विनियोजन भएको छ ।
४२ पुष्ठको उक्त बजेटमा १८४ बुँदा रहेका छन् । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले मुलुकभित्र र बाहिर रहेका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कोभिड १९ को जोखिमबाट सुरक्षित रहन हार्दिक अनुरोध गर्दै सबल समृद्ध र न्यायपूर्ण राष्ट्र निमार्णमा आ आफ्नो ठाउँबाट योगदान गर्न आह्वान गरेका छन् ।
यस्तो छ बजेटको पूर्णपाठ