प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई जवाफ दिने भएका छन् ।
प्रधानमन्त्री ओलीले विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि उठेका प्रश्नको जवाफ दिने प्रतिनिधि सभाको कार्यसूची छ ।
त्यसैअनुसार बिहान ११ बजे संसद् सुरु भएलगत्तै प्रधानमन्त्री ओलीले जवाफ दिने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
कोरोना नियन्त्रण गर्नको लागि नेपाल सरकारले १० अर्ब खर्च गरिसकेको कुरा सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षले कोरोनाको सम्पूर्ण खर्चको हिसाव मागेको छ । हिजो प्रतिनिधि सभामा बोल्दै काङ्ग्रेस नेता गगन थापाले प्रधानमन्त्रिले यस विषयमा स्पष्ट पार्नुपर्ने बताएका थिए ।
हेर्नुहोस गगनले संसदमा बोलेको भिडियो