
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
डोल्पाका ५८ बर्षीय पुरुष र धनगढीकी एक महिलाको मृत्यु कोरोनाबाट भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन्।
सेतीमा मृत्यु भएकी महिला मिर्गौलाकी बिरामी भएको समेत उनले जानकारी दिए।
५५ वर्षीया उनको जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।
कर्णाली विज्ञान प्रतिष्ठान र सेति प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाको नतिजा पोजेटिभ आएको हो।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु भएकाको संख्या १३ पुगेको छ।
नेपालमा ७७ जिल्लामध्ये ७० जिल्लामा कोरोना सङक्रमण फैलिइसकेको छ ।
र यो पनि पढ्नुहोस् :
काठमाडौंका चार जनामा देखियो कोरोना सङक्रमण
भर्खरै ३ सय २३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३ हजार २ सय ३५ पुग्यो