
काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।
यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २३ जना थपिएका छन् भने ३२ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
अहिलेसम्म निको हुनेको संख्या ३ सय ६५ पुगेको छ ।
जसमध्ये २ सय ९९ जना पुरुषहरु छन् भने ६६ जना महिला छन् ।
विगत २४ घन्टामा ४ हजार १ सय ११ वटा पीसीआर विधिबाट परिक्षण गरिएको छ । नेपालका ७७ जिल्लामध्ये ७० जिल्लामा कोरोनाको सङक्रमण फैलिइसकेको छ ।
र यो पनि पढ्नुहोस्
कोरोनाबाट १३ जनाको निधन, ७० जिल्ला फैलियो सङक्रमण (तथ्यांकसहित)