
नेपालमा शनिबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
शनिबारसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । विगत २४ घन्टामा २ जनाको निधन भएसँगै सङख्या १३ पुगेको हो ।
संक्रमितको संख्या ३२ सय नाघ्दा सङक्रमित भएको जिल्लाको संख्या ७० पुगेको छ । अहिलेसम्म ३ सय ६५ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
प्रदेश १ मा अहिलेसम्म २ सय ४९ जना सङक्रमित फेला परेका छन् । जसमध्ये ७९ जना उपचारपछि निको भएर घर फर्केका छन् भने १ सय ७० जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । प्रदेश १ को १२ जिल्लामा कोरोना संङक्रमण फेला परेको छ ।
प्रदेश | संक्रमण फैलिएका जिल्ला | अस्पतालमा उपचाररथ | डिस्चार्ज भएका | ज्यान गुमाएका | कुल संक्रमितको संख्या |
---|---|---|---|---|---|
जम्मा | ७० | २८५७ | ३६५ | १३ | ३२३५ |
प्रदेश १ | १२ | १७० | ७९ | ० | २४९ |
प्रदेश २ | ८ | ९४३ | १३३ | १ | १०७७ |
बाग्मती प्रदेश | १२ | ५५ | ३२ | ३ | ९० |
गण्डकी प्रदेश | ९ | ७० | ३ | ० | ७३ |
प्रदेश ५ | ११ | ९६१ | ९६ | ४ | १०६१ |
कर्णाली प्रदेश | ९ | ५६७ | ९ | ३ | ५७९ |
सुदुरपश्चिम प्रदेश | ९ | ९१ | १३ | २ | १०६ |
प्रदेश २ मा अहिलेसम्म १ हजार ७७ जना सङक्रमित फेला परेका छन् । जसमध्ये १ सय ३३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ९ सय ४३ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । प्रदेश २ सम्पूर्ण जिल्ला (८ वटै जिल्लामा) कोरोना संङक्रमण फेला परेको छ । यस प्रदेशबाट कोरोनाको कारणले १ जनाको ज्यान गइसकेको छ ।
बाग्मती प्रदेशमा मा अहिलेसम्म ९० जना सङक्रमित फेला परेका छन् । जसमध्ये ३२ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ५५ संङक्रमितहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । बाग्मती प्रदेशमा १२ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ । यस प्रदेशबाट कोरोनाको कारणले ३ जनाको ज्यान गइसकेको छ ।
गण्डकी प्रदेशमा मा अहिलेसम्म ७३ जना सङक्रमित फेला परेका छन् । जसमध्ये ३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ७० विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । गण्डकी प्रदेशमा ९ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ ।
प्रदेश ५ मा मा अहिलेसम्म १ हजार ६१ जना सङक्रमित फेला परेका छन् । जसमध्ये ९६ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ९ सय ६१ विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । प्रदेश ५ का ११ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ । यस प्रदेशबाट कोरोनाको कारणले ४ जनाको ज्यान गइसकेको छ ।
कर्णाली प्रदेशमा मा अहिलेसम्म ५ सय ७९ जना सङक्रमित फेला परेका छन् । जसमध्ये ९ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ५ सय ६७ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने ३ जनाको ज्यान गइसकेको छ । कर्णाली प्रदेशका ९ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ । आज थप २ जिल्लामा सङक्रमण फैलिएसँगै सङख्या ९ पुगेको हो ।
सुदुरपश्चिम प्रदेशमा मा अहिलेसम्म १ सय ६ जना सङक्रमित फेला परेका छन् । जसमध्ये १३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ९१ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने २ जनाको ज्यान गइसकेको छ । सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ ।