
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सांसदहरुको पनि भत्ता कटौती गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सांसदहरुको पनि भत्ता कटौती गर्नुपर्ने माग गरेका छन् ।
सरकारले कर्मचारीले पाउँदै आएको भत्ता कटौती गर्ने निर्णय गरेको थियो ।
‘सरकारी कर्मचारीहरुले पाउने खाजा, बैठकलगायतका अन्य थुप्रै भत्ताहरु कटौती गरिएको छ’, उनले भने, ‘प्रतिनिधिसभाका सबै माननीयज्यूहरुलाई आग्रह गर्न चाहान्छु – कर्मचारीहरुले भत्ता नलिनु तर, हामीले भत्ता लिनु सोचनिय विषय भएकाले भत्ता नलिने निर्णय गरौं ।’
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले अर्थमन्त्रीद्वारा प्रस्तुत ७७/७८ को बजेटले निजामती कर्मचारीहरूको भत्ता लगायतका फजुल खर्च कटौती भए पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र पूर्वपदाधिकारीहरूको फजुल खर्चका बारेमा ध्यान दिन नसकेको भन्दै आलोचना गरेका छन् ।
र यो पनि पढ्नुहोस् ।
कर्मचारीको मात्रै भत्ता काट्ने, नेताको भत्ता किन नकाटेको ?
हेर्नुहोस् भिडियोमा