
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अतिक्रमित भूमि समेटेर नक्सा बनाउनु ऐतिहासिक कोसेढुंगा भएको बताएका छन्।
उनले सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षाको सन्दर्भमा ऐतिहासिक कोसेढुंगा बनेको पनि बताए।
मन्त्रिपरिषदको सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा पारित गरेको थियो।
उक्त नक्सा सरकारले केही दिनमा सार्वजनिक गर्दैछ।
प्रवक्ता श्रेष्ठले अबको मुख्य काम आफ्नो भूमि फिर्ता लिइछाड्नु रहेको बताएका छन्।
मंगलबार ट्वीट गर्दै श्रेष्ठले भूमि फिर्ताका लागि राष्ट्रिय एकतासाथ अघि बढ्न आग्रह गरेका छन्।
नेपाल सरकारले अतिक्रमित भुमिसहित सम्पुर्ण भुभाग समेटेको नेपालको नक्सा सार्बजनिक गरेकोमा हार्दिक धन्यवाद ।यो सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहाँसिक कोसेढुङा बनेको छ।अबको मुख्य काम भने आफ्नो भुमि फिर्ता लिईछाड्नु हो। त्यसनिम्ति राष्ट्रिय एकताकासाथ अघि बढौं । pic.twitter.com/Z7X4oSpRDQ
— NKShresthaPrakash (@nksthaprakash) May 19, 2020