
शुक्रबार नेपाल सरकारले घोषणा गरेको लकडाउनको उलंघन गर्दै सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शनका क्रममा प्रहरी नियन्त्रणमा परेका चिनिया नागरिकहरुमध्ये एक जना नेपालस्थित भिभो मोबाइलका कन्ट्री म्यानेजर रहेका खुलासा भएको छ ।
हिजो केटीएम दैनिकमा “ड्युटीमा रहेका प्रहरीमाथि जाइलाग्ने चिनियाँलाई सजाय दिने कानुनी व्यवस्था कस्तो छ” शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा भनिएको छ । “प्रहरी आचारसंहिता अनुसार ड्युटीमा रहेका प्रहरीलाई कसैले हातपात गरेमा प्रहरीले सार्वजनिक अ-पराधमा मु द्दा चलाउन सक्छ । ”
त्यसमाथि आफ्ना नागरिकलाई छुटाउनको लागि चिनियाँ दुतावासबाट पनि प्रेसर आउने पक्कापक्की छ ।
३२ वर्षीय गेभिन नाम गरेका ती व्यक्तिसहित करिब ५० जना चिनिया नागरिकहरुले सिंहदरबारको मुलगेट अगाडि आफ्नो देश फर्कन पाउनु पर्ने भन्दै प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहारसमेत गरेका थिए ।
प्रदर्शनका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिनसहित चार चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ ।
प्रदर्शनका क्रममा ‘कन्ट्री म्यानेजर’ गेभिनले एकजना प्रहरी नायव निरीक्षकको बर्दीमा समातेर तानेका थिए, भने अरु प्रहरीमाथि पनि जाई लागेका थिए ।
उनीहरुमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने जानकारी गराइएको छ ।
कानुनमा के छ ?
मुलुकी अपराध संहित को दफा ११८ मा अभ्रद व्यवहारलाई यसरी परिभाषित गरिएको छ । कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थान महिला बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरान गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।
यस्तो गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैदा वा दश हजार रुपैयासम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था ।
हेर्नुहोस भिडियो