
आज दिँउसो सिंहदरबारको मुख्य गेट अगाडी रोचक दृश्य देखियो ।
उक्त दृश्य थियो घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडी धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीचको झडप ।
चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको हो । सिंहदरबारतर्फ अघि बढेका चिनियाँ नागरिकलाई रोक्न रोज्दा उनीहरु एक्कासी आ क्रमणमा उत्रिएपछि निकैबेर प्रहरी र चिनियाँ नागरिकबीच घम्साघम्सी भएको थियो ।
प्रहरीको लाठी चार्जको क्रममा दुई चिनियाँ घाइते भएका छन् ।
सामान्य घाइते भएका उनीहरु अस्पताल जान पनि नमानिरहेको प्रहरीले जनाएको छ ।
प्रहरी आचारसंहिता अनुसार ड्युटीमा रहेका प्रहरीलाई कसैले हातपात गरेमा प्रहरीले सार्वजनिक अ-पराधमा मु द्दा चलाउन सक्छ । तर चिनियाँहरुको मनसाय गलत नभएको, आफ्नो महिला साथिमाथि लाठ्ठीचार्ज भएपछि उनीहरु प्रतिकारमा उत्रिएको हुनाले कम कारवाही हुनसक्ने केटीएम दैनिकका कानुनी सल्लाहकार महेश्वर चौधरीले बताए ।
त्यसमाथि आफ्ना नागरिकलाई छुटाउनको लागि चिनियाँ दुतावासबाट पनि प्रेसर आउने पक्कापक्की छ ।
हेर्नुहोस भिडियो