
नेकपा भित्र देखिएको द्वन्द्व अन्तय भएको भन्दै नेकपाकी सचेतक शान्ता चौधरी ले खुशी व्यक्त गरेकी छिन् ।
उनले फेसबुकमा एक स्टाटस लेख्दै केही दिन देखिको तनाव हटेर आम कार्यकर्तामा खुशी छाएको उल्लेख गरेकी छिन् ।
उनी लेख्छिन् : केहि दिन देखिको तनाव दूर भयो ,आम कार्यकर्ताहरुमा खुशी छाउन थाल्यो । पार्टी सचिवालयको निर्णयले खुशी दिलायो , नेताहरुको बिचमा मन मिलायो । नेता कमरेडहरुलाई हार्दिक धन्यवाद , हामी सबैलाई बधाई !
आज बिहानै चौधरीले अंक गणितको दुषित खेल नखेल्न र मन मिलाउन लाग्नुहोस् भन्दै आफ्नो भनाइ राखेको थिइन् ।
हेर्नुहोस शान्ता चौधरीले राखेको भनाई जस्ताको तस्तै ।
हामीले हाम्रो नेताहरुलाई आदरणीय मानिरहेकै छौं ,म हार्दिकता पुर्वक अनुरोध गर्न चाहन्छु ,तपाईंहरु ठण्डा भएर सोच्नु त , के अहिले हाम्रा क्रियाकलापले आम पार्टी कार्यकर्ता एवं जनता खुशी होलान ?
के हामीले यही तरिकाले जनतामा गरेको बाचा पुरा गर्दै मुलुकलाई सुनौलो भविष्य दिन सकौंला ?
एक पटक आत्मा समिक्षा गर्नुहोस् । २ वर्ष पछि स्थानीय तहको निर्वाचन र त्यसको लगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनेछ ।
तपाईंहरुलाई गति रोकेर अल्मलिने छुट छँदै छैन । त्यसैले अंक गणितको दुषित खेल त्याग्नु , गणित मिलाउने होईन मन मिलाउन तिर लाग्नुहोस । इगो , दम्भ र ईर्श्या त्याग्नुहोस । सचिवालयको बैठकले सम्पुर्ण कार्यकर्तामा उत्साह , उमंग र खुशी संचार गर्न सकोस । यही अनुरोधका साथ सफलताको शुभकामना ।