टिपरको ठक्करबाट भक्तपुरको मध्यपुरथिमि–४ मा ड्युटीमा खटिएका सईको मृत्यु भएको छ ।
सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।
घाइते सईको नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनी महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए । प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ ।