अर्जुन कपुर र मलाईका अरोरा लामो समयदेखि प्रेम सम्बन्धमा बाधिएका छन् । उनीहरुले आफैले स्वीकार गरेपछि अरुलाई टाउको दुख्ने कुरै भएन ।
सुरुमा आफ्नो सम्बन्धलाई नकारे पनि पछिल्लो समय बलिउडको “लब बर्ड” को रुपमा परिचित छन् ।
उनीहरुको माया, प्रेम र सत्कार सामाजिक सञ्जालमार्फत छताछुल्ल हुने गरेको छ । तर धेरैले यीनीहरुको एज ग्यापको बारेमा चर्चा गर्ने गर्छन् । यहि सन्दर्भमा अनिल कपुरले आफ्नो मुख खोलेका छन् । उनले भने, उस्को आफ्नो जिन्दगी हो, “उस्लाई के गर्दा खुशी मिल्छ त्यही गर्छ । उस्को पर्सनल लाईफमा दख्खल दिने तपाई हामीलाई अधिकार छैन ।”
अहिले मलाईका र अर्जुन सेल्फ क्वारेन्टाइनमा रमाईरहेका छन् । चाडै बिहे गर्ने हल्ला भारतीय मिडियाहरुमा आए पनि उनीहरुले अफिसियल्ली घोषणा भने गरेका छैन्न । मलाइका सलमानका दाई अरबाज खानसँग सम्बन्ध बिच्छेद पछि एक्लै बस्दै आएकी थिइन् ।
https://www.instagram.com/p/B6xaS-7BDrH/?utm_source=ig_embed