
काठमाडौं – आज आमाको मुख हेर्ने दिन । नेपालीहरुले आजको दिन आमालाई विभिन्न कारणले सम्झिरहेका छन् । नायिका केकी अधिकारीले पनि आफ्नी आमालाई एक नोट लेखेर शेयर गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक नोट शेयर गरेकी छिन् ।
कागजमा कलमले लेखेको नोटमा आमाको महिमा लेख्ने आँट नगरेको तर आमाको ममताले आफूहरु सधै कृतज्ञ भएको उल्लेख गरेकी छिन् ।
‘२३ वर्षमा विवाह भएपछिको आफ्नो जिन्दगीको पूरा समर्पण हाम्रो परिवारलाई गरिदिनुलाई कति सजिलै लिन्छौं हामी,’ भन्दै मार्मिक पङ्ती लेखेकी छिन् ।
केकीले आमाको आँखामा कहिल्यै आँसु देख्न नपरोस् भनी कामना समेत गरेकी छिन् ।