नायिका केकी अधिकारी कोरोना संक्रमण भएपछि घरमा नै आइसोलेशनमा बसेकी छिन् । कोरोना संक्रमण भएको ३ दिनमा नै उनको रिपोर्ट नेगेटिभ आएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले कोरोना रिपोर्ट नेगेटिभ आएपनि आइसोलेसनमा बसेको जानकारी दिएकी हुन् ।
नायिका अधिकारीलाई केही दिन अगाडि कोरोना पोजिटिभ देखिएको थियो । उनलाई कोरोना पोजिटिभ देखिएपछि चलचित्र ‘घिन्ताङ’को छायांकन समेत सुरु हुन सकेको थिएन ।
केकीले कोरोना रिपोर्ट पोजिटिभ आएपछि चिकित्सकको सल्लाहा अनुसार आफूलाई अलग्गै राखेको पनि उल्लेख गरेकी छिन् । केकीले सबैसँग उच्च शर्तकता अपनाउन र ख्याल राख्न समेत आग्रह गरेकी छिन् ।