नायिका केकी अधिकारी नयाँ लुक्समा देखिएकी छन्। इन्टाग्राम स्टोरी मार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्। कपाल किन खौरिएको बारेमा भने उनले केही बताएकी छैनन् ।
२०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन्। हाल उनी यही फिल्मको छायाङ्कनमा व्यस्त छिन् । फिल्ममा केकी मुख्य भूमिकामा छिन् ।
उक्त फिल्मको क्यारेक्टरको लागि कपाल खौरिएको हुनसक्ने अनुमान गरिएको छ ।
हेरौं तस्विरहरु