अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण देखिएपछि उनी अहिले आफ्नै घरमा आइसोलेट भएकी छिन् ।
केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराएकी थिइन् । पहिलो पटक टेस्ट गर्दा नै उनलाई कोरोना पोजिटिभ देखिएको थियो । तर, उनले विश्वास नलागेर दोस्रो पटक पनि कोरोना परीक्षण गराएकी थिइन् । दुवै पटक उनमा कोरोना पोजेटिभ देखियो ।
केकीलाई कोरोना देखिएपछि फिल्म ‘घिन्ताङ’ को छायांकन रोकिएको छ । सोमबारदेखि हुने भनिएको यस फिल्मको छायांकन प्रभावित बनेको छ ।
हिजो मात्र जन्मदिन मै मदनकृष्ण श्रेष्ठलगायत सबै परिवारलाई काेराेना संक्रमण पुष्टि भएको थियो । नेपालमा पनि दिनहुँ कोरोना संक्रमितहरुको संख्या थपिन थालेका छन् ।
भारतबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण भएको छ । उनको स्वागतका लागि हजारौंको भिड लागेको थियो । उनको स्वागतमा बालबालिकाहरुको प्रयोग गरिएको थियो जस्ले मास्क समेत लगाएका थिएन्न ।