
करिष्मा मानन्धर । भलै यो नाम अहिलेको पुस्तामाझ उति परिचित नभएपनि पचासको दशकमा उनको चमक–दमक कम थिएन । हिरोइन भनेकै करिष्मा भनेजस्तै । चाहे रुपरंगको हिसाबले होस् वा अभिनयको । सिनेमा र स्क्यान्डलसँगै उनी चर्चाको चुलिमा चढ्ने र ओर्लने गरिरहिन् । त्यही उतार–चढावबीच आफ्ना सिनेमाहरु दर्शकले धमाधम अस्विकृत गरिदिएपछि उनले विरत्तिएर देश छाडिन् ।
लामो समय अमेरिकामा बसेर पुनः स्वदेश फर्किइन् । पुरानै ढर्रामा सिनेमा निर्माण गरिन् । चलेनन् । त्यसपछि राजनीतिमा लागिन् । राजनीतिमा पनि पार लाग्ने देखिनन् । अनि सुरु गरिन्, लेखपढ ।
करिश्माको आक्रोश: के सबै समस्या कलाकारले समाधान गर्नुपर्ने ?
सिनेमा, राजनीति र पढाईको फन्को लगाइरहँदा पनि उनको विवेक छिप्पिएको रहेनछ । ‘पढ्यो पढ्यो पाठ, सोह्र दुनी आठ’ । नपत्याए उनले हालै आफ्नो फेसबुक पेजमा लेखेको स्टाटस हेरौं । करिष्मा लेख्छिन्, ‘के भनेको के ? के सेलिब्रेटी ले सबै समस्या समाधान गर्नु पर्ने ? अनि के काम सरकार को ? किन भोट गरेको हामिले ? के हामी धुर्मुस, सुन्तली हौ कि रबि लामिछाने ?? ह ?? जानुस तपाइहरुको भगवान् लाई खोज्नुस ! तर घर बस्नुस ।’
करिश्माले गरिन् सुरेन्द्र केसी माथि कडा प्रहार , आइन्दा बोल्दा विचार गर्नुहोला
यति दम्भ, अहंकार र कटुताले भरिएको स्टाटस उनले कुन मनोदसामा लेखिन् होला ? त्यो उनैलाई थाहा होला । तर, उनको स्टाटस हेर्दा लाग्छ, भएभरका सर्वसाधरण नेपाली उनको ढोका अघिल्तिर पुगेर सहयोगको याचना गरिरहेका छन् । हारगुहार गरिरहेका छन् ।
उनले सर्वसाधरणलाई लक्षित तिरस्कारपूर्ण लेखेकी छिन्, ‘के हामी धुर्मुस, सुन्तली हौ कि रबि लामिछाने ? हँ ? जानुहोस् तपाईंहरुको भगवानलाई खोज्नुहोस् ।’
यी कलाकार जस्ले गरे सहयाेग
कोरोना कोषमा बद्री पंगेनीको ५० हजार
नायिका वर्षा शिवाकोटीको काेराेना उपचार कोषमा एक लाख सहयोग गर्ने घोषणा