
गायक बद्री पंगेनीले कोरोना भाइरस संक्रमण तथा रोकथाम उपाचार कोषमा रकम जम्मा गरेका छन् । उनले आइतबार यो कोषमा ५० हजार रुपैयाँ रकम जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।
आइतबारमात्रै यो कोषमा २ करोड ११ लाख रुपैयाँ जम्मा भएको छ । जसमा सबैभन्दा बढी हिमालय बैंकले १ करोड २५ लाख रुपैयाँ जम्मा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ लाख २० हजार जम्मा गरेको छ ।
हालसम्म सरकारले जम्मा गरेको बाहेक १७ करोड ४२ लाख ४१ हजार रुपैयाँ कोषमा जम्मा भएको छ । हिजो मात्रै नायिका वर्षा शिवाकोटीले १ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेकी थिइन भने केही दिनअघि गायक प्रकाश सपुतले २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
र यो पनि पढ्नुहोस् :