उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको छन् ।
पक्राउ पर्नेमा चन्द्रागिरि उत्तम कार्की छन् ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
गत शुक्रबार अत्यावश्यक कामले काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा एक युवाले खानतलासी गर्नुका साथैं दुव्यर्वहार समेत गरेका थिए।
उक्त भिडियो फेसबुकमा समेत पोस्ट भएपछि त्यसको चौतर्फी विरोध भएको थियो।
यसरी स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुव्र्यवहार गर्ने अधिकार नभएको र आवश्यक कारबाही गरिने गृहमन्त्रालयले जनाएको थियो।
गृहकै निर्देशनमा ती युवालाई पक्राउ गरिएको हो।