
सरकारले सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ ।
वैदेशिक रोजगारबाट बिदामा नेपाल आएका र नयाँ रोजगारीका लागि विदेश जाने जाने दिने निर्णय गरेको हो ।
नयाँ रोजगारीका लागि विदेश जाने नागरिकका लागि श्रम मन्त्रालय र विद्यार्थीको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा पठाउन सकिने निर्णय भएको छ ।
त्यस्तै नयाँ क्वारेन्टाइन निर्माणका लागि केन्द्रीय कोषबाट रु ३५ करोड प्रदेश सरकारमार्फत सम्बन्धित पालीकालाई दिने निर्णय पनि गरेको छ ।
त्यस्तै विदेशमा रहेका नेपाली श्रमिकहरूलाई स्वदेश फर्कन सम्बन्धित देश र सम्बन्धित कम्पनीले खर्च नव्यहोरेको खण्डमा अप्ठेरोमा परेका श्रमिहरुलाई उद्धार गर्ने जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ । त्यस्तै विदेशबाट आएको शव व्यवस्थापनको जिम्मा श्रममन्त्रालयलाई दिने निर्णय पनि भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
सिंहदरबारमा शुक्रवार बसेको सिसिएमसी बैठकले क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको दुई साता भित्र कोरोना परीक्षण सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।