प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ।
सैनिक जंगी अड्डा पुगेर बेरीले बिहीबार प्रधानासेनापति शर्मासँग भेटघाट गरेका हुन्।
भेटका क्रममा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
बिहीबार नै प्रधानसेनापती शर्मा र नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीबीच पनि भेटवार्ता भएको थियो।
यसअघि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, चिनियाँ राजदूत होउ यान्छी, पाकिस्तानी कार्यवाहक राजदूत अदनान जावेद खान र इजरायलका राजदूत हनान गोदेरले पनि भेट गरेका थिए।
नेपालीस्थित कुटनीतिक नियोगका प्रतिनिधीले नेपाली सेनाका प्रमुखहरुसँग नियमित भेटघाट गर्ने गरेका छन्। उनीहरुको चासोमा अन्य सुरक्षा निकायका प्रमुखहरु भने कम परेको देखिन्छ।