आज संविधान दिवस । संविधान जारी भएको ५ वर्ष नबित्दै संविधानको विरुद्ध प्रदर्शन भएको छ ।
संविधान दिवसको पुर्वसन्ध्यामा वीर गोर्खाली अभियानले नेपालको संविधान २०७२ र एमसिसी सम्झौताको विरुद्ध बुटवलमा र्याली सहित विशाल प्रदर्शन गरेको हो ।
बुटवलको मणिग्रामबाट सुरु भएको र्याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
एमसिसी पास गर्न सरकारले अन्तर्राष्ट्रिय दबाब खेपिरहेको बेला संविधान र एमसिसी विरुद्ध वीर गोर्खालीले शनिवार बुटवलमा विशाल प्रदर्शन गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई मात्रै होइन सिङ्गो गणतान्त्रिक व्यवस्थालाई समेत धक्का पुग्ने आयोजक पक्षको दाबी थियो ।
वीर गोर्खाली अभियानले गत वर्ष असोज २४ गते काठमाडौँ बाट सुरु गरेको आन्दोलन कार्तिक १७ गते बुटवलमा हजारौँ मोटरसाइकल सहित प्रदर्शन गरे पश्चात देशव्यापी ’राजा आऊ देश बचाउ’ भन्दै प्रदर्शन गरेको थियो ।
२०७२ को संविधान खारेजी र एमसीसी विरुद्ध बुटवलको मणिग्राम चोक बाट र्यालीसहित वीर गोर्खाली अभियानले विशाल प्रदर्शन गरेपस्चात शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सकस परेको छ ।
राजावादी सङ्घ सङ्गठनको सबैभन्दा ठुलो र शक्तिशाली मानिएको वीर गोर्खाली अभियाले अघिल्लो वर्ष काठमाडौँ,बुटवल,चितवन,पोखरा,कोहलपुर ,विराटनगर, कपिलवस्तु ,बर्दिया, सुर्खेत, दाङ, वीरगन्ज, हेटौँडा लगायत देशका ठुला सहरहरूमा विशाल प्रदर्शन गरेको थियो ।
कार्यक्रममा बोल्दै वीर गोर्खाली अभियन्ता वसन्त विक्रम पाण्डेले अहिलेको संविधानले मुलुकलाई अस्थिरता तर्फ धकेलेको बताउँदै अब २०४७ सालको संविधानमा सबै फर्किनुको विकल्प नरहेको बताए ।
कार्यक्रम सञ्चालन गर्दै वीर गोर्खाली अभियन्ता सौरभ भण्डारीले भने “विदेशीले लेखिदिएको संविधान भएकै कारण आज एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले यो कथित संविधानलाई टाँगमुनि छिराएको छ त्यसैले यो संविधान खारेज गरेपछि एमसीसी संवत् खारेज हुन्छ।”
र्यालीमा करिब ५ हजार भन्दा बढी मोटरसाइकल सहभागी रहेको दाबी गरेको छ ।