मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीकै कारोबार अघिल्लो दिन कायम भएको मूल्यमा नै भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो सोमबार छापावाल र तेजाबी सुनको मूल्य यही थियो ।
यसैगरी, आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार चाँदीको कारोबार पनि यही मूल्यमा भएको थियो ।