अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा विराटनगरमा प्रदर्शन गरिएको छ ।
स्वतन्त्र युवा समूहले सोमबार विराटनगर रानी भन्सार नजिक एमसिसी खारेजको माग राख्दै विरोध प्रदर्शन गरेको हो ।
उक्त समूहले एमसिसी हामीलाई चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती होसियार, विदेशी दलालहरू होसियार, देशभरिका सम्पूर्ण राष्ट्रवादी युवाहरू एक हौँ जस्ता नारा लगाएको थियो ।
आजै काठमाडौंमा पनि विप्लव समूहले एमसीसीको विरोधमा सडक प्रदर्शन गरेको छ ।