प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीले ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाउने कार्यक्रमको संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।
जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा बिहान एक समारोहकाबीच देउवा र बेरीले गरे खोप कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
त्यहाँ अपाङ्गता भएका व्यक्तिलाई एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउन थालिएको हो ।
त्यहा अपाङ्गता भएका व्यक्त्तिहरुको बाक्लो उपस्थिती देखिएको छ ।
अमेरिकाबाट अघिल्लो सोमबार कोभ्याक्स कार्यक्रमअन्तर्गत १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको थियो ।
उक्त खोप काठमाडौंसहित देशका धेरैजसो जिल्लामा लगाउन सुरु गरिएको हो ।