पूर्वपश्चिम राजमार्ग छेउमै रहेको कैलालीको गोदावारी नगरपालिका ९ खुटिया नदी किनारमा सयौँ जनाले गिट्टी कुटी रहेका दिए । त्यही भिडमा दिइन १३ बर्षिया बालिका पनि । उनी कुटेको गिट्टीको थुपोमाथी गिट्टीको चाङ थप्दै थिइन् ।
कोरोना कहरका कारण विद्यालय बन्द छन् । विद्यालय उमेरका बालबालिका अहिले फुर्सदिला भएका छन् । गरिब विपन्न परिवारका बालबालिकाहरू यही मौका छोपेर आम्दानीको जोहो बढाइरहेका छन् ।
‘स्कुल बन्द हुँदा दिनभरि गिटी कुट्छु’ ती बालिकाले भनिन्, । विद्यालय लागेको समयमा पनि बिहान खोला किनारबाट ढुङ्गा बोक्ने र त्यस पछि विद्यालय जाने गर्छिन् । उनी जस्ता अन्य केही बालबालिकाहरूको पनि दैनिक त्यस्तै छ । गिट्टी बेचेर कापी,कितावको जोहो गरिरहेको समेत उनले बताइन् ।
पछिल्लो समय गिट्टी बिक्रीमा कमी आएपछि उनीहरूलाई थप समस्या भइरहेको छ । बल्मीकै जयसरा बिसुनके ३० वर्ष देखि खुटिया किनारमै गिट्टी कुट्दै आइरहेकी छिन् ।
बन्दाबन्दी पहिले कुटेको गिट्टी अझै पुरै बिक्री भएको छैन ।पहिले २ हजार घन मिटरका दरले बिक्री हुने गरेको गिट्टी अहिले १ हजार घन मिटरमा दिँदा पनि बिक्री नभएको उनले गुनासो गरिन् । घरमा कमाउने मान्छे नभएपछि गिटी कुट्दै साँझ बिहानको छाक टार्ने गरेको उनले बताइन् ।
‘खेतबारी छैन यहिको सहारामा बाचिरहेका छौँ । अहिले गिट्टीबिक्रि हुन छोडेपछि दुई छाक टार्न पनि समस्या भइरहेको छ’ उनले पीडा पोखिन् । बल्मीकै देव मल्लपनि ८ वर्ष देखि खुटिया किनारमै गिटी कुट्दै आइरहेका छन् । कमाइ खाने जमिन नभएपछि अर्का खेती लगाएर खाने गरेको उनी बताउँछन् ।
तर कुटेको गिट्टी बिक्री नहुँदा उनलाई परिवार पाल्न पनि समस्या भइरहेको छ ।उनले आफूहरूको पीडा बारे कसैले चासो नदिएको गुनासो गरे ।