काठमाडौं। भारतले लिपुलेकमा सडक निर्माण गरेकोबारे सत्तारुढ दल नेकपाले आपत्ति जनाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले शनिबार राति एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त कार्यको आपत्ति जनाएका हुन् ।
विज्ञतिप्मा कूटनीतिक माध्यमबाट सबै सीमा समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिइएको छ । साथै उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गरेर विवाद समाधान गर्नुपर्ने बताइएको छ ।
नेकपाले सडक निर्माण कार्य तत्काल रोक्न र विवादलाई थप जटिल बनाउने कुनै गतिविधि नलिन चेतावनी दिएको छ ।
नेपाललाई भारतको जवाफ : उद्घाटन गरिएको सडक आफ्नै भुमिमा पर्छ (बिज्ञप्तीसहित)
काठमाडौं– भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले जनाएको चासोमा जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ ।
लिपुलेक हुँदै मानसरोबर जाने ‘लिङ्क रोड’ भारतले उद्घाटन गरेकोप्रति नेपालले शनिबार आपत्ति जनाएको थियो। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको थियो।
त्यसको प्रतिउत्तरमा भारतीय विदेश मन्त्रालयले शनिबार साँझ जारी गरेको वक्तव्य भनेको छ, ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ ।’
हेराै बिज्ञप्ती :
नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।
दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो ।
यसको नेपालमा विरोध भइरहेको छ ।