आज नेपाली बजारमा सुनको मूल्य ६ सयले बढेको छ । सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९१ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । हिजो प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यसै गरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय रुपैयाँमा किनबेच भएको महासङ्घले जनाएको छ ।