वितेको २४ घन्टामा नेपालमा कोरोनाबाट ५३ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ४६५ पुगेको छ । आज निधन भएको संख्यामा नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवको संख्या समेत जोडिएको छ ।
मन्त्रालयका अनुसार आज थप १४ हजार ८१९ जनाको नमूना परीक्षण गर्दा २ हजार ९१८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । आज ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण हुँदा क्रमस २ हजार ४९ र ८६९ जनामा सङ्क्रमण देखिएको हो ।
आज ५ हजार १४७ जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ४ लाख ३६ हजार २५२ पुगेको छ । यो कूल सङ्क्रमितको ८७ दशमलव ८४ प्रतिशत हो । अहिलेसम्म पिसिआरबाट ६ लाख १० हजार ५२१ र एन्टिजेन परीक्षणबाट २१ हजार ३३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
घट्यो सङ्क्रमण : काठमाडौं उपत्यकामा ६०७ जनामा सङ्क्रमण
वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६०७ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको...
सोमबार, जेठ ३१ २०७८अहिले सक्रिय सङ्क्रमितको संख्या ६५ हजार ८०४ रहेको छ । जसमध्ये ठूलो संख्या होम आइसोलेशनमा रहेको छ ।