गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूालर्य धोका दिएको बताएका छन् । आइतबार पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको बताएका हुन् ।
मनाङेलाई राजनीतिमा आउन आफूले सहयोग गरेको सम्झदै गुरुङले भने ‘सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।’
मनाङेले आफूलाई अन्तिम समयमा धोका दिएको भन्दै उनले भने, ‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन भनेको यही हो ।’
निवर्तमान मुख्यमन्त्रीलाई सुबिधा दिने सरकारको निर्णय
गण्डकी प्रदेश सरकारले पुर्व मुख्यमन्त्रीहरूलाई सुविधा उपलब्ध गराउने निर्णय गरेकाे छ । मन्त्रीपरिषद बैठकले संघकाे सुविधा समेत हरेर पुर्व मुख्यमन्त्रीकाे सुविधा ताेकिने सरकारले जनाएकाे छ ।
‘अहिले नै के दिने निर्णय भएकाे छैन । तर सम्मान गर्नुपर्छ´ प्रबक्ता कुमार खड्काले भने, `एउट कार्यविधि बनाएर सुबिधा ताेक्ने कुरा छ ।´ सरकारकाे प्रबक्तामा विना विभागीय मन्त्री कुमार खड्कालाई ताेकिएकाे छ ।