कञ्चनपुरको वेदकोट नगरपालिका ३ दैजि कि स्मृति पाण्डेय । जो अहिले ‘लिफ आर्टिस्ट’ (पातमा चित्र बनाउने कलाकार) बाट परिचित छिन् ।
महेन्द्रनगरको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ दोस्रो सेमिस्टरमा अध्ययनरत स्मृति अहिले पिपलको पातमा तस्बिर कोर्ने देखि कागजमा विभिन्न ब्यक्तिका स्केच बनाउने,कार्ड बोर्डबाट चित्र बनाउनमा व्यस्त हुने गरेकी छिन् ।
हुन त एका तिर कोरोना भाइरसको महामारीले शैक्षिक संस्था, यातायात,व्यापार,उद्योगका क्षेत्र ठप्प रहेका छन् । शैक्षिक संस्था बन्द हुँदा विद्यार्थीहरु र्फुसदिला बनेका छन् । यही मौकामा पाण्डे भने लकडाउनलाई भिन्ने तवरले सदुपयोग गर्दै आईरहेकी छिन् । कोरोना भाईरसका कारण देश पुरै लकडाउनमा छ । यसको असर सुदूरपश्चिममा पनि परेको छ ।
कैलाली–कञ्चनपुरमा पनि कोरोनाको चेन ब्रेक गर्नकै लागि जेठ मसान्त सम्म निषेधाज्ञा (लकडाउन) जारी छ । प्रशासनले सो अवधिमा अत्यावश्यक सेवा बाहेक बाँकी सबै सेवा बन्द गरेका छन् । तर यही समयमा दैजि कि स्मृति पाण्डेयलाई भने निषेधाज्ञाले कुनै असर गरेको छैन्।‘‘लकडाउन भयो। के गरौँ, कसो गरौँ भन्ने थियो, त्यो अघि पनि कागजमा चित्र कोर्ने गथ्र्ये ।
अहिले लकडाउन पनि छ,शैक्षिक संस्था सबै बन्द छन्,पाण्डेले भनिन्, यो समयमा केही नयाँ दिन सकिन्छ कि भन्ने खोजी गर्ने सिलसिलामा लिफ आर्ट बनाउन तिर लागे ।” अहिलेसम्म उनले बला त्कारपछि ह त्या गरिएकी कञ्चनपुरकी नि र्मला पन्त, धरहरा, गौतम बुद्ध, मिस नेपाल शृङ्खला खतिवडा, भगवानका तस्विर, प्रेमका तस्विर पिपलका पातमा कोरिसकेकी बताउँछिन् । लिफ आर्टबाटै उनी सोध्छिन– बला त्कारपछि ह त्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय खै ?’ निर्मलाले न्याय नपाउँदाको मजस्ता धेरैले पीडाबोध गर्नुपरेको छ’, उनले भनिन्, मलाई लाग्छ, देश नै दुखेको छ ।’
अहिले कतिपय युवाहरु सामाजिक सञ्जालको प्रयोगले पनि अगाडी बढिरहेका छन्। सामाजिक सञ्जाल फेसबुक, युटुब लगायतको राम्रो सदुपयोग गर्ने हो भने धेरै कुरा सिक्न सकिने उनको भनाई छ । पहिलो चरणको कोरोना भाइरसको महामारीमा सरकारले लगाएको लकडाउनमा घरमा बसेर चित्र कोर्न थालेकी पाण्डे नयाँ किसिमका चित्र खोज्ने क्रममा युट्युवको सहयोग लिएर अहिले चित्र कोर्ने नयाँ तरिका सिकिरहेकी छिन् ।
अहिले उनले बनाएका तस्बिरहरु फेसबुक र टिकटकमा पोष्ट गरिरहेको उनि बताउछिन् । उनका पोष्टहरु देखेर सबैबाट राम्रो प्रतिकृया पाईरहेको पाण्डेले को भनाई छ ।
लिफआर्ट संगसँगै स्केच बनाउने,नयाँ नयाँ डिजाइनकन मण्डला बनाउन थालेको थाहा पाएपछि उनलाई पिपलको पातमा तस्बिर कोर्न, स्केच बनाइदिन भनि घरमै आउने छन् । घरपरिवारमा आमाबुबा,अंकलको साथ हौसला सहयोगले पढाईसङ्गसङ्गै चित्रकलालाई अगाडि बढाउदै लैजाने उनले बताईन् ।