काठमाडौं, सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्याएको छ ।
यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो ।
मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ । त्यस्तै सरकारले जेठ १८ गतेसम्म सीमा सिल गर्ने निर्णय गरेको छ ।
भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए ।यस्तै सरकारले जारी लकडाउन १० दिन थप गर्दै जेठ ५ गतेसम्म लम्बाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
पछिल्लोपटक थपिएको लकडाउनको समय बिहीबार सकिँदै थियो ।
सरकारले लकडाउनमा अझ कडाइ गर्ने निर्णय समेत गरेको बताइएको छ । कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो । देशव्यापी लकडाउन, सामाजिक दूरी, सरसफाइजस्ता उपायबाट नेपालमा कोरोना भाइरस (कोभिड–१९) को प्रसारलाई रोक्ने प्रयास गरिएको बताइएको छ तर लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ।
लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।
कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले चैत १८–२५, चैत २५–वैशाख ३, वैशाख ३–१५ र वैशाख १५–२५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।