
काठमाडौँ । संघीय निजामती सेवा विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गरेन । यसकारण निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिन पुगेको हो ।यही १ असारमा प्रतिनिधि सभामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए ।
२१ फागुन २०८० मा आएको यो विधेयकमा सुशासन समितिले उपसमितिमार्फत सहमति जुटाएको थियो । त्यसपछि विधेयक पास गरेर संसदमा लगिएको थियो ।
आज प्रतिनिधि सभाको बैठक नबस्दा निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिन पुगेको हो ।