कैलालीको धनगढी उपमहानगरपालिकाका कोरोना संक्रमित ५० प्रतिशत भन्दा बढी व्यक्तिहरूले मोबाइल स्वीच अफ गरेर बस्ने गरेका छन् । आफूलाई कोरोना लागेको सार्वजनिक गर्न नचाहेर मोबाइल स्वीच अफ गरेर बस्दा समुदायमा कोरोनाको थप जोखिम बढाएको छ ।
कोरोना संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा बसेर अवस्था बुझ्न उपमहानगरवालिकाले निरन्तर कोसिस गर्दै आएको छ ।धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक एवम् कोभिड फोकल पर्सन लक्ष्मी राज उपाध्यायले भने ‘अहिले कोरोना संक्रमित पुष्टि भएका धेरै जसो व्यक्तिहरू आफूलाई कोरोना लागेको कुरा बाहिर ल्याउन चाहिरका छैनन् ।’
उपमहानगरपालिकाबाट गरिएको सम्पर्कमा ५० प्रतिशत भन्दा बढी संक्रमितहरु मोबाइल स्वीच अफ गरेर बसेको भेटिएको फोकल पर्सन उपाध्यायले बताए । कोरोना संक्रमितहरुसँग सम्पर्कमा बसेर सल्लाह दिन धनगढी उपमहानगरपालिकाले कर्मचारीको व्यवस्था गरेको छ ।
यस पटक समुदायमा खटिएका व्यक्तिहरूमा बढी कोरोना संक्रमण देखिएको छ । ‘समुदायमा बढी खटिएका र विवाह, व्रतबन्ध र अरू पार्टीमा गएका व्यक्ति र तिनका परिवारहरूमा अहिले कोरोना बढी देखिएको छ, ‘उनले भने यस पटक बाहिरबाट आएका भन्दा पनि समुदायमै रहेका व्यक्तिहरूमा बढी संक्रमण भएको छ ।’
कोरोना संक्रमित व्यक्तिहरू खुल्न नचाहँदा अरू व्यक्तिहरूसँग सम्पर्कमा आएर कोरोना संक्रमणको जोखिम पनि बढी हुने गरेको छ । एउटै घरका परिवारका सदस्यहरू संक्रमित भएर गुपचुप बसिरहेको भेटिएको बताउँदै उपाध्याय यसले जोखिम बढाएको बताए ।
व्यक्तिहरू नखुल्दा नयाँ संक्रमण बढेको हो कि फलो अफमा फेरि कोरोना संक्रमण देखिएको हो भन्ने यकिन हुन नसकिरहेको उनले बताए । ‘यसले संक्रमितहरुको यकिन सङ्ख्या र ठिक हुने दर निकाल्न गाह्रो भइरहेको छ, ‘उनले भने पीसीआर जाँच गर्न आएको व्यक्तिले फलो अप भनेको भए हामी फलोअपमा राख्थ्यौ ।’
‘तर त्यस्तो नभन्दा एउटा व्यक्तिले चार पटक पीसीआर जाँच गरो र पोजेटिभ आयो भने एउटै व्यक्तिको चार पटक जोडिन्छ ।’उनले भने