यो सातामा लगातार बढिरहेको सुनको मूल्य आज भने ओरालो लागेको छ ।
आईतबार तोलाको ९० हजार मा किनबेच भएको सुनको मूल्य सोमबार ९० हजार ४ सय, मङ्गलबार ९० हजार ६ सय कायम भएको थियो । आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ ।
थोरै गिरावट आएको चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नयाँ भेरियन्टसहित दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी भएका छन् । बजारमा निषेधाज्ञाले गर्दा सुनचाँदीको कारोबार न्यून छ । बैशाख महिनामा बिवाहको लगन भएको हुँदा केहीमात्रामा सुनचाँदीको कारोबार भएतापनि त्यो बाहेक अन्य प्रयोजनको लागि खासै सुनचाँदीको विक्री नहुने सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
तलको तालिकाबाट हेर्नुहोस निषेधाज्ञाजारी भएपछि कायम भएको सुनचाँदीको मूल्य
*१८ गते शनिबार सुनचाँदीको नयाँ मूल्य निर्धारण नहुने हुँदा अघिल्लो दिन अर्थात वैशाख १७ गते शुक्रबार कायम भएको मूल्यमा नै कारोबार हुने गर्दछ ।