काठमाडौं । एक्स्ट्रिमले इनर्जी ड्रिंक्सका स्वादमा नयाँपन र रोजाइका विकल्प थपेको छ । युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंक्सका पारखीले अब एउटै ब्रान्डअन्तर्गत थप पाँच फरक स्वादको मज्जा लिन पाउने भएका छन् । कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको हो ।
फरक स्वादसँगै आकर्षक नामले पनि यी नयाँ फ्लेभरलाई विशेष बनाएका छन् । ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पन्च’ बजारमा ल्याइएको छ ।
त्यस्तै, रास्पबेरी स्वादका पारखीका लागि ‘रास एन फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिमली लाइट’ पनि बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
पाँच नयाँ फ्लेभरसँगै एक्स्ट्रिमले उपभोक्तालाई आफ्नो रुचिअनुसार स्वाद छनोट गर्ने थप अवसर दिएको छ । फरक स्वाद, आकर्षक नाम र विविध रोजाइको संयोजनले नयाँ उत्पादन उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार उपभोक्ताको स्वादलाई थप रोमाञ्चक बनाउने उद्देश्यले नयाँ फ्लेभर ल्याइएको हो । पाँचै प्रकारका नयाँ ड्रिंक्सको बिक्री तथा वितरणसमेत सुरु भइसकेको छ ।
उपभोक्ताको रुचि र माग समयसँगै परिवर्तन भइरहेका बेला एक्स्ट्रिमले पनि आफ्ना उत्पादनको दायरा विस्तार गरेको हो । स्वादमा विविधता थप्दै उपभोक्ताको बदलिँदो रोजाइलाई आगामी दिनमा पनि सम्बोधन गर्ने कम्पनीको लक्ष्य छ ।