काठमाडौँ– प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। नियमित गस्ती तथा निगरानीका क्रममा प्रहरीले उनीहरूलाई मङ्गलबार र बुधबार पक्राउ गरेको हो।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट १०, सुनसरीबाट सात, झापा र बाराबाट छ, तनहुँबाट दुई, इलामबाट एक र दाङबाट एक जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। केही अभियुक्तको साथबाट नगदसमेत फेला परेको जनाइएको छ।