काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागबमोजिम तत्काल अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो । यद्यपि, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन दुवै पक्षलाई छलफलका लागि अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
अदालतको आदेश भने सार्वजनिक भइसकेको छैन ।
अब विपक्षी सबै पक्षको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ ।