
काठमाडौँ- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको प्रष्टीकरण दिएका छन् ।
बुधबार सिंहदरवारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको जिकिर गरेका हुन् ।
दलहरूबीच निरन्तर छलफल भइरहेकाले सदनको अवरोध छिट्टै हट्ने गुरुङले बताए ।