काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
आजको खेलका लागि चितवन राइनोजले आफ्नो टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ । अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलानको स्थानमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिरलाई टोलीमा समावेश गरिएको छ ।
यता, कर्णाली याक्सले भने एक खेलाडी परिवर्तन गरेको छ । दीपेन्द्र रावतको स्थानमा सचिन शर्माले टोलीमा अवसर पाएका छन् ।
अंकतालिकामा चितवन राइनोज चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स सातौँ स्थानमा रहेको छ ।