काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बजारमा विभिन्न तरकारी, फलफूल, सागसब्जी तथा मसलाजन्य वस्तुको मूल्य निर्धारण गरिएको हो।
निर्धारित मूल्यअनुसार गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ रहेको छ भने सानो गोलभेँडा (लोकल) २५ रुपैयाँ, टनेल र तराईको ४५ रुपैयाँ कायम गरिएको छ। रातो आलु (लाम्चो, गोलो र मुडे) प्रतिकिलो ६० रुपैयाँ तथा भारतीय रातो आलु ३५ रुपैयाँ रहेको छ। सेतो आलुको मूल्य प्रतिकिलो ३२ रुपैयाँ तोकिएको छ।
त्यसैगरी, सुकेको भारतीय प्याज प्रतिकिलो ९२ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ र तराईको गाजर ६० रुपैयाँ कायम गरिएको छ। लोकल बन्दा प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, तराईको काउली २५ रुपैयाँ तथा रातो र सेतो मूला प्रतिकिलो ३० रुपैयाँ रहेको छ।
भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ र डल्लो ६० रुपैयाँ, तने बोडी ९० रुपैयाँ तथा मकै बोडी ५० रुपैयाँ निर्धारण गरिएको छ। मटरकोसा प्रतिकिलो १३० रुपैयाँ, घिउ सिमी (लोकल र हाइब्रिड) ७० रुपैयाँ तथा राजमा सिमी १४० रुपैयाँ रहेको छ। टाटे सिमी ७० रुपैयाँ र भटमासकोसा १२० रुपैयाँ कायम गरिएको छ।
करेला प्रतिकिलो १०० रुपैयाँ, लौका ५० रुपैयाँ, परवर (लोकल) ७० रुपैयाँ र तराईको ८० रुपैयाँ तोकिएको छ। चिचिण्डो र घिरौँला प्रतिकिलो ४० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ७० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ तथा भिण्डी ८० रुपैयाँ रहेको छ।
सखरखण्ड प्रतिकिलो ९० रुपैयाँ, बरेला ४० रुपैयाँ, पिँडालु ७० रुपैयाँ र इस्कुस ३० रुपैयाँ कायम गरिएको छ। सागसब्जीतर्फ रायो साग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, चम्सुर र मेथीको साग १५० रुपैयाँ तथा तोरीको साग ५० रुपैयाँ तोकिएको छ। हरियो प्याज प्रतिकिलो २५० रुपैयाँ र बकुला १०० रुपैयाँ रहेको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ एक हजार रुपैयाँ कायम गरिएको छ। कुरिलो प्रतिकिलो ८०० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकुन्दर ९० रुपैयाँ र रातो बन्दा १५० रुपैयाँ निर्धारण गरिएको छ।
विशेष प्रकारका साग तथा तरकारीमा सेलरी प्रतिकिलो ५०० रुपैयाँ, पार्सले २ हजार ८०० रुपैयाँ, पुदिना ७०० रुपैयाँ, जिरीको साग १५० रुपैयाँ, सौफको साग १५० रुपैयाँ र सजीवन २५० रुपैयाँ रहेको छ। त्यस्तै, गान्टे मूला १२० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा र तोफु १६०/१६० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँ कायम गरिएको छ। रुख टमाटरको मूल्य प्रतिकिलो १५० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २५० रुपैयाँ रहेको छ। नेपाली तथा मालभोग केरा प्रतिदर्जन १५० रुपैयाँ, कागती प्रतिकिलो २५० रुपैयाँ र अनार ३५० रुपैयाँ कायम गरिएको छ।
नेपाली सुन्तला प्रतिकिलो ८० रुपैयाँ र भारतीय सुन्तला १०० रुपैयाँ रहेको छ। तरबुजा ८० रुपैयाँ, मौसम र जुनार प्रतिकिलो २०० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ तोकिएको छ।
त्यसैगरी, लोकल काँक्रो प्रतिकिलो ८० रुपैयाँ, हाइब्रिड काँक्रो ४५ रुपैयाँ र लोकलक्रस काँक्रो ७० रुपैयाँ रहेको छ। निबुवा ६० रुपैयाँ, चाइनिज नासपाती ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ कायम गरिएको छ। अम्बा २०० रुपैयाँ, लप्सी ८० रुपैयाँ, किबी ३०० रुपैयाँ, सरिफा २०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला ८० रुपैयाँ निर्धारण गरिएको छ।
मसलाजन्य वस्तुतर्फ अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी ५६० रुपैयाँ र हरियो खुर्सानीको मूल्य प्रकारअनुसार १०० देखि २०० रुपैयाँसम्म रहेको छ। भेडे खुर्सानी प्रतिकिलो १५० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ र हरियो धनियाँ १५० रुपैयाँ कायम गरिएको छ।
चाइनिज तथा नेपाली सुकेको लसुन प्रतिकिलो २६० रुपैयाँ र सुकेको तथा हरियो छ्यापी २०० रुपैयाँ रहेको छ। काँचो नरिवल प्रतिकिलो ८० रुपैयाँ र हरियो नरिवल २०० रुपैयाँ तोकिएको छ। नेपाली ड्रागन फ्रुटको मूल्य प्रतिकिलो ५०० रुपैयाँ रहेको छ।
माछातर्फ सुकेको माछा प्रतिकिलो एक हजार रुपैयाँ, ताजा रहु माछा ३७० रुपैयाँ, बचुवा ३३० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।