कैलालीका १३ वटा स्थानीय तहहरूको पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । जिल्लाका सबै जसो स्थानीय तहमा दोस्रो चौमासिक सम्म निकै न्यून बजेट खर्च भएको पाइएको छ ।
दोस्रो चौमासिकमा सबै भन्दा बढी कैलारी गाउँपालिकाले ४३.११ प्रतिशत खर्च गरेको छ भने सबै भन्दा कम गोदावरी नगरपालिकाले ३०.३९ प्रतिशत खर्च गरेको छ ।
यस्तै धनगढी उप—महानगरपालिकाले ३६.१५ प्रतिशत ,गौरीगगाले ३९.६१ प्रतिशत घोडाघोडीले ३४.५८ प्रतिशत,टिकापुरले ३५.०७ प्रतिशत,भजनीले ३८.५४ प्रतिशत ,लम्किचुहाले ३९.४६ प्रतिशत खर्च गरेका छन् ।
चुरेले ३४.६० प्रतिशत,जानकीले ३१.४२ प्रतिशत ,जोशीपुरले ३९.६७ प्रतिशत ,बर्दगोरियाले ३१.२३ प्रतिशत र मोहन्यालले ३७.६६ प्रतिशत खर्च गरेका छन् ।
समग्रमा सबै स्थानीय तहको खर्च ३६.०६ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रण जगत प्रकाश भट्टले बताए ।‘प्रगति दुई चौमासिकको सन्तोष जनककै त भन्न नसकिएला, ‘उनले भने,पहिलो चौमासिक खरिद पक्रियामै वितने भएकाले यस लाई नकरातमै भन नमिल्दैन ।’अव पनि खर्चको गति बढाइएन भन्ने सोचे जति खर्च नहुने उनले बताए ।
गोदावरी नगरपालिकाको सबै भन्दा बढी बजेट पकि सडक निर्माणमा भएकाले सडक निर्माणको निर्णय अहिले सम्म हुन नसक्दा खर्च कम भएको नगरपालिकाका लेखा अधिकृत रामचन्द्र जोशी बताए । अव छिटै ठुला योजनाहरू सुरु गर्न तयारीमा रहेको उनले जानकारी दिए ।
गौरीगगा नगरपालिकाले दोस्रो चौमासिकमा अपेक्षागत खर्च गर्न नसकिएको बताएको छ ।योजनाहरू समयमै सुरु भएकाले बजेट खर्च धेरै भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी बताए । ‘कामको गति अनुसार अहिले खर्च कम नै हो, ‘उनले भने ५० प्रतिशत खर्च नाग्नुपथो तर खर्च बढी भएको होइन ।’