काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा सुरु हुँदैछ ।
जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने ठानेर पहिले बलिङ रोजेको बताए । यता विराटनगरका कप्तान सन्दीप लामिछानेले भने राम्रो योगफल तयार पारेर त्यसलाई जोगाउने लक्ष्य रहेको बताएका छन् ।