गत हप्ता फिल्म तिम्रो मेरो साथको छायांकन सम्पन्न भयो। यतिबेला फिल्मकी अभिनेत्री साम्राज्ञी आरएल शाह छायांकनताकाखिचिएका केहि तस्विरहरुलाई आफ्नो सामाजिक संजालमा साझेदार गरिरहेकी छन् । यसै क्रममा उनले पुष्पका साथमा स्विमिङ पुलमा रमाईरहेको देख्न सकिन्छ ।
तस्विरमा दुबैजना एकअर्कासंग खुब मस्तिमा देखिन्छन् । फिल्मको म क्यामेरा ‘अन’ भएको ३३ दिनमा गएको शनिवार पोखरामा सम्पूर्ण छायांकन सकिएको हो । काठमाडौंपछि पोखरामा फिल्मको केही दृश्य खिचिएको थियो ।
निर्माता तथा निर्देशक रमेश एमके पौडेलले ‘रुद्रप्रिया र रज्जा रानी’ फिल्मको निर्माण गरिसकेका छन् । उनले ‘तिम्रो मेरो साथ’ बाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म निर्माणबाट बटुलेको अनुभवलाई आफूले निर्देशनमा खन्याएको उनि बताउछन् । फिल्मका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछाने हुन् ।
नेपालमा भने आउँदो वर्षको दशैं र तिहारको बीचमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । बोधी एचडि र आर्यन फिल्मसको ब्यानरमा बनेको फिल्ममा पुष्प र साम्राज्ञीको अलावा सरोज खनाल, इमिली लामा, खगेश्वर पुन मगर (खबपू) लगायतको पनि अभिनय रहेको छ ।
योगेश काजीको संगीत रहेको फिल्मका निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली छन् ।
हेराैँ केहि सुन्दर तस्बिर