काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विगत केही दिनदेखि थाइल्याण्डमा छिन् । थाइल्याण्डमा रमाइलो गर्दै गरेको, घुमफिर गरेको तस्वीर उनले निरन्तर रुपमा पोष्ट गरिरहेकी छिन् । उनी नयाँ फिल्म ‘नांगो गाउँ’को छायांकन सुरु हुनु अगाडि थाइल्याण्ड पुगेकी हुन् ।
थाइल्याण्डको आइसल्याण्डमा साम्राज्ञी हट अवतारमा देखिएकी छिन् । साम्राज्ञी विदेश पुगेपछि हट बन्ने गरेको पहिलो पटक भने होइन । केही बर्ष अगाडि अष्ट्रेलिया पुगेर विकिनीमा देखिएकी उनी बाली पुगेर खिचाएको तस्वीरले चर्चामा आएकी थिइन् ।
हेरौं सामाग्रीले थाइल्याण्डबाट साझा गरेका केही तस्बिरहरु