पत्रकारहरुलाई पक्राउ गरिएको र संचार गृहमा प्रहरी पठाएको घटनालाई लिएर रास्वपा सभापति रवि लामिछानेले त्यस्तो कार्य गर्नेलाई कारबाहीको चेतावनी दिएका छन। रास्वपा सचिवालयको शनिबारको बैठकपछि सभापति लामिछानेले संविधान मास्न खोज्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन।
लामिछानेले चेतावनी दिए, ‘संविाधन प्रदत्त अधिकारलाई हनन गर्ने किसिमका क्रियाकलाप गर्ने जोसुकै होस् कारबाहीको भागीदार बन्नुपर्छ ।’
संविधान मिच्ने गतिविधि गर्ने सजायको भागीदार हुनुपर्ने भनेर सचिवालयमा नेताहरुलाई भनेको लामिछानेले बताए । ‘अहिले बैठक बसेर स्पष्टसँग भनेका छौं, एउटा कुरा के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र डेमोक्रेशीभन्दा ठूलो केही छैन, कोही छैन । रास्वपा यसमा स्पष्ट छ, रवि लामिछाने यो कुरामा स्पष्ट छ । यसमा कहिले पनि द्वविधा गरिरहनु पर्दैन,’ सभापति लामिछानेले भनेका थिए, ‘संविधानभन्दा माथि कोही पनि छैन, यसमा आँच आउने कुनै पनि क्रियाकलाप जोकोहीले पनि गरेको छ भने सजायको भागीदार हुनुपर्नेछ, त्यसलेजिम्मेवारी लिनुपर्नेछ ।’