केही वर्ष अगाडि ह्यारी केनले इंग्लिस प्रिमियर लिग क्लब टोटनहम छाड्दा त्यसको आलोचना गर्ने पनि उत्तिकै थिए । उनीहरू भन्थे, किन पो इंग्ल्यान्ड छाड्नु पर्ने ? यी फरवार्डले आफ्नो गन्तब्य बनाएका थिए, जर्मनी, त्यहाँको सबैभन्दा ठूलो क्लब बायर्न म्युनिक । इंल्यान्डमै छँदा उनको हैसियत थियो, कुनै पनि उपाधि जित्न नसकेका राम्रा खेलाडीको ।
अहिले उनको परिचय फेरिएको छ, उनले बायर्नका लागि उपलब्ध लगभग सबै उपाधि जितिसकेका छन्, जर्मन बुंडेसलिगादेखि जर्मनकपसम्म । अब उनको नाममा एउटा ठूलो व्यक्तिगत अवार्ड पनि जोडिएको छ र त्यो हो, बालोन डेओर । गत सिजन बायर्नदेखि इंग्ल्यान्डका लागि गज्जब खेलेपछि यो अवार्ड उनको नाममा गएको हो र अब केनलाई टोटनहम छाडेकोमा कुनै दुःख रहने छैन् ।
फेरि यो अवार्ड जित्नका लागि उनले उछिनको खेलाडी सूची पनि कम्तीका छैन् । जस्तो स्पेनका लामिन यामल र रोड्रि, फ्रान्सका किलियन एमबापेदेखि अर्जेन्टिनाका लियोनल मेसीसम्म पनि । मीठो संयोगले यसपल्टको बालोन डेओर कार्यक्रम स्वंय लन्डनमै भएको थियो । अनि यही लन्डनमा फुटबल खेलेर हुर्के बढेका खेलाडी नै यो अवार्ड हात पार्न सफल रह्यो ।
पछिल्लो सिजन केनले ७३ गोल गरेका थिए, आफ्नो देश र क्लबका लागि । यस्तोमा उनी युरोपेली फुटबलमै सर्वाधिक गोल गर्ने खेलाडी पनि रहे । त्यति मात्र होइन्, उनले विश्वकप २०२६ मा छ गोल पनि गरे र उनको टिम इंग्ल्यान्ड प्रतियोगितामा तेस्रो रहन सफल पनि रह्यो । अझ उनी इंग्ल्यान्डका कप्तान पनि थिए । यस्तोमा स्वभाविक छ, केन असाध्यै खुसी छन्, यति बेला ।
अवार्ड आफ्नो नाममा आएपछि उनको प्रतिक्रिया थियो, ‘यो सबै सम्भव भएको थियो, कडा मिहिनेतले नै हो । यसका लागि बायर्नका साथी खेलाडीलाई धन्यवाद दिनै पर्छ । उनीहरू नै हुन्, मलाई राम्रो खेल्न जहिल्यै प्रेरित गरिरहने पनि । मेरो खेल जीवन आफैमा सहज र सिधा रहेन् । यसका लागि धेरै संघर्ष गर्नु परेको छ, त्यसैले यो कसैका लागि पनि प्रेरणा हुन सक्छ ।’
बालोन डेओर अवार्डलाई लिएर एउटा आरोप के पनि छ भने यो इंग्लिस खेलाडीले विरलै मात्र पाउने गर्छ, भलै यी खेलाडीले प्रदर्शन जत्तिकै लामो किन नहोस । हुन पनि इंग्लिस खेलाडीले यो अवार्ड नजितेको पनि २५ वर्ष भयो । अन्तिम पटक यो अवार्ड जित्ने इंग्लिस खेलाडी थिए, माइकल ओवेन । अब भने सायद यो आरोपले पनि सफाइ पाएको छ भन्दा हुन्छ ।
यति भन्दा भन्दै पनि एउटा तथ्य के तय छ भने केन आफैमा विश्व स्तरीय खेलाडी हुन् । टोटनहममा रहेको बेला पनि पनि उनको प्रदर्शन उत्कृष्ट नै हुने गर्थ्यो, तर उनको टिम आफैमा राम्रो थिएन् । त्यसैले केही पनि ठूलो जित्न सकेनन् । त्यसैले उनले बायर्नलाई रोजे, जहाँ उपाधि जित्नु स्वभाविक हुने गर्छ । यस्तोमा उनको एउटा त्यो निर्णयले अन्ततः उनलाई बालोन डेओर अवार्डसम्म पुर्याएको छ ।